काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान गठबन्धनको भविष्य निरन्तर हुने वा नहुने भन्ने निर्धारण आजको बैठकले गर्ने बताएका छन्।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुसँगको छलफलपछि उनले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्
‘गठबन्धनको भविष्य पाँचबजे तय हुन्छ। हामी गठबन्धन कसरी जोगाउने भन्ने मा नै केन्द्रीत हुन्छौं,’उनले भने,‘ तीन दलको साझा धारणा बनाउन बसेका थियौं।’
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो।
उनले एमसीसीबारे पाँच दल नै एक ठाउँ आउने गरी निकास खोज्न छलफल केन्द्रीत भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।