काठमाडौं– सत्ता गठबन्धन दलको संयुक्त बैठक आज बेलुका ५ बजे बस्दैछ। एमसीसीको विषयलाई लिएर गठबन्धनबीच तीव्र मतभेद कायम भएका बेला आज बेलुका बैठक बस्न लागेको हो।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो।
छलफल केहीबेर अघि सकिएको छ। छलफल सकेर निस्कने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धेरै बोलेर बिग्रिएको भन्दै आफूले केही नबोल्ने बताए।
सञ्चारकर्मीहरुले बैठकमा केके विषयमा छलफल भनेर सोधेपछि उनको त्यस्तो प्रतिक्रिया आएको हो। उनले गोप्य छलफल भएकाले छलफलका विषयमा सार्वजनिक नगर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।