काठमाडौं– सत्ता साझेदार तीन दलका नेताहरू छलफलमा जुटेका छन्। सत्ता गठबन्धनको बैठकअघि उनीहरू छलफलमा जुटेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छलफलमा छन्।
उनीहरूबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आधा घण्टादेखि छलफल जारी छ। उनीहरूले साझा धारणा तय गरेर कांग्रेससँग प्रस्तुत हुने बताएको छ।
सत्ता गठबन्धनको बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ। एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र समस्या देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।