• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘रेलको बाटो’ र ‘नुनको भारी’ लेखेका लेखराज भन्दैछन् विकटको कथा

64x64
नेपाल लाइभ आइतबार, फागुन ८, २०७८  १८:२५
1140x725

काठमाडौं– घरको दलिनमा झुण्ड्याइएको रेडियोबाट आवाज आउँछ– ‘विभिन्न सञ्चारमाध्यम र गीतसंगीतमार्फत सरकारको ध्यानाकर्षण गराउँदा गराउँदै पनि हुम्लामा अझैं मोटर पुग्न सकेको छैन। मोटर नपुगेकै कारण वर्षेनी सयौं सर्वसाधारणले अकालमै ज्यान गुमाउँदै आएका छन्।’

पृष्ठभूमिमा बजिरहेको यी आवाजबीच हुम्लाको गाउँले दृश्य देखिन्छ। बादल थापाले गाएको गीत ‘नुनको भारी’को सुरुवाती दृश्यमा भिडियोमा अभिनय गरेका सरस्वती खत्री र लक्ष्मण देवकोटा विकटमा भारी बोकेर हिँडिरहेका देखिन्छन्। 

गत साता सार्वजनिक भएको यो गीत अहिले चर्चामा छ। दुर्गमको यर्थाथ चित्र र त्यहाँका नागरिकले भोगिरहेको पीडालाई समेटिएको गीतको भिडियो पनि उत्तिकै मार्मिक छ। भिडियोलाई विनयराज पौडेलले निर्देशन गरेका छन्। 

करिब ११ महिनाअघि कर्णालीकै सुदूरका गाउँहरुको पीडा बोल्ने गीत ‘रेलको बाटो’ सार्वजनिक भएको थियो। ‘नुनको भारी’ गीतमा जस्तै उक्त गीतमा पनि सुदूरका समस्याहरु स–साना छन्, तर तीनै स–साना समस्याहरुको निराकरण नहुँदा नागरिकले भोग्नु परेको समस्याहरुलाई प्रस्तुत गरिएको थियो। 

‘रेलको बाटो’ गीतले निकै चर्चा कमाएको थियो। अहिले सार्वजनिक भएको ‘नुनको भारी’ गीतले पनि चर्चा चुम्दै छ।

यी दुवै गीत लेख्ने सर्जक भने गुमनाम जस्तै छन्।

दुवै गीतका लेखक हुन्, गीतकार लेखराज गिरी। उनी ठान्छन्, ‘हाम्रो कर्तव्य गीतकार भएकाले गीतमार्फत आफूले गर्नसक्ने प्रयास गर्ने हो।’

गीतकार लेखराज गिरी दाङका हुन्। भौगोलिक हिसाबले दाङबाट करिब २३० किलोमिटर टाढा छ हुम्ला। तर, गिरीले आफ्नो शब्दमार्फत दुवै गीतमा हुम्लाको पीडालाई प्रस्तुत गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मूलधारका गीतसंगीत क्षेत्रमा मात्रै नभएर अन्य विषयमा पनि हुम्ला टाढा छ। राजनीतिक रुपमा भाषणको विषय त बन्छ। तर, त्यही भाषण कार्यान्वयनको कुरा आउँदा हुम्लाको उपस्थिति हुँदैन। 

अझैं पनि हुम्लाका जनता सामान्यभन्दा सामान्य कुराको अभावमा रहेको गीतकार गिरी बताउँछन्। 

‘विकास भनेको के हो? सामान्य भन्दा सामान्य कुरा पुग्यो भने त्यहाँ विकास हुन्छ,’ उनी भन्छन्, ‘अहिलेसम्म सडक नपुगेको ठाउँ हो हुम्ला। त्यहाँ सडक पुग्ने हो भने स्वास्थ्य सेवा पुग्छ। विजुली पुग्छ। अरु कुराहरु पुग्छन्। तर, केही नपुग्दासम्म त्यहाँका मानिसहरु सामान्यभन्दा सामान्य कुराको लागि तड्पिरहेका हुनेछन्।’

लेखराजले गत वर्ष ‘रेलको बाटो’ गीत लेखका थिए। गीतका गायक सुरज पण्डितले हुम्लाका समस्याबारे लेखराजलाई बेलिविस्तार लगाएका थिए। सुरजले हुम्लामा गाडीसम्म नपुगेको समस्याबारे लेखराजलाई बताएका थिए। जसलाई आधार मानेर उनले गाएको गीत ‘रेलको बाटो’को सिर्जना गरेका थिए लेखराजले।

लेखराजले आफ्नो पहिलो एल्बम ‘पहिलो पाइला’का लागि यो गीतको सिर्जना गरे। एल्बममा पाँच गीत समावेश थिए। ‘रेलको बाटो’ले एउटा भौगोलिक हिसाबले दूरदारजमा रहेको भेगको कथा बोकेको थियो। 

करिब एक वर्षको अन्तरमा उनले ‘पहलता’ एल्मबको तयारीमा थिए। गत वर्ष ‘रेलको बाटो’ गीत लेख्दा हुम्लाका थुप्रै समस्याहरु व्यक्त गर्न बाँकी नै थियो। एउटा गीतमा एउटा भूगोलमा वर्षौंदेखि रहिआएका समस्याहरु व्यक्त गर्न पर्याप्त थिएन। जसकारण दोस्रो एल्मब ‘पहलता’मा लेखराजले ‘नुनको भारी’ बोलको गीत सिर्जना गरे। गीतमा त्यही दूरदराजका समस्याहरुलाई पोखे। 

लेखराज गीत लेखनमा पाइला चालिरहेका छन्। उनको हरेक कदम बलियो देखिन्छ।

‘जुन ठाउँमा बाटो नै छैन, सडक नै पुगेको छैन, त्यहाँ के होला?’, उनी भन्छन्, ‘तपाईं कल्पना गर्नुस् न, बाटो नपुगेको ठाउँमा के पुग्छ र? बाटो बन्यो, सडक बन्यो भने त त्यसले विस्तारै अन्य भौतिक पूर्वाधारहरु लैजाने हो। पानी, विजुली भनेको बाटो पुगेपछि पुग्ने कुरा हो। बाटो नै नपुगेको ठाउँमा मानिसका इच्छा चाहनाहरु कसरी पूरा भएका होलान र?’

लेखराजले बाटो नपुगेका ठाउँमा अरु केही नपुग्ने समस्यालाई आफ्नो गीतमार्फत प्रस्तुत गरेका थिए। ‘रेलको बाटो’ गीतमा यी समस्याहरु लेखिएका थिए। दोस्रो गीतमा पनि दूरदराजका यीनै समस्याहरुलाई लिएर उनले ‘नुनको भारी’को सिर्जना गरे। त्यो दूरदराजको पीडा लेखे। जहाँ मान्छेको शीरमा नाम्लो र पिठ्युमा भारी कहिल्यै छुट्न पाउँदैन। 

‘नुनको भारी’ भनेको एउटा करुणिक भाव हो’, लेखराज आफ्नो गीतको पृष्ठभूमिबारे बताउँछन्, ‘गीतमा पात्रको साथबाट पीडा छुट्दैन। नाम्लो र पिँठ्युमा भारी छुट्दैन। तर, त्यहाँ थुप्रै कुराको अभाव छ। सामान्य परिवारमा कोही बिरामी भएमा हवाईजहाजमा ल्याउनुपर्ने अवस्था छ। हवाईजहाज आएर मात्रै हुँदैन। त्यसको मूल्य तिर्न सक्नुपर्छ। यी सबै पीडा र व्यथाहरु नै गीतको आधार हो।’

नेपालमा सिर्जना हुने गीतहरुभन्दा फरक छन् लेखराजले लेखेका गीत। गीतसंगीतको क्षेत्रमा प्रायः कमै देखिने विषयलाई आफ्नो विषय बनाएका छन् लेखराजले। भन्छन्, ‘हाम्रा गीतसंगीतमा मायाप्रितीका कुराहरुमै केन्द्रित छन्। तर, दुर्गमका पीडाहरुलाई गीतसंगीतबाट उठाउन सकियो भने गीतसंगीतको आफ्नो धर्म पनि पूरा हुन्थ्यो जस्तो लाग्छ। त्यही कर्तव्य पूरा गर्ने हो, एउटा सर्जकको रुपमा मैले पनि।’

आफूले लेखेको गीत व्यवस्था परिवर्तनका लागि नभएको बताउँछन् लेखराज। कुनै राजनीतिक दल वा सरकारलाई उथलपुथल बनाउने गीत बनोस् भन्ने पनि मन छैन उनको। उनी त बस ती दूरदराजका पीडा र व्यथाहरुबारेमा अरुले थाहा पाऊन् भन्ने चाहन्छन्। गीतको माध्यमबाट ती ठाउँको कथा सार्वजनकि बनुन् र सबैको नजरमा पुगुन् भन्ने लाग्छ उनलाई। 

‘तैंले किन बाटो पुर्‍याएको छैनस्, कहिले पुर्‍याउउँछस् भन्ने प्रश्न होइन, हाम्रो गीतको,’ लेखराज भन्छन्, ‘हामीले ती कुराहरु देखाउने हो।’
लेखराज गीतले क्रान्ति गर्नेभन्दा पनि क्रान्तिमा गीतको साथ हुनुपर्ने ठान्छन्। भन्छन्, ‘राम्रो कामलाई साथ दिने र नराम्रो गरेकालाई सुझाव दिने काम हो गीतको। दूरदराजको पीडा लेख्दा पनि यही गरेको हुँ।’

केही समययता लेखराजले लेखेका गीतहरुजस्तै समाजको कथा बोक्ने गीतहरुको सिर्जना हुन थालेको छ। प्रेम र विछोडमा मात्रै अल्झिनेभन्दा बाहिर आएर पनि गीतहरु सिर्जना हुन थालेका छन्। लेखराज गीतमा जीवन्त न्यायको खोजी भएको ठान्छन्। 

‘म आफूलाई, त्यसपछि गाउँ ठाउँ र देशलाई कसरी चिनाउँछु भन्ने भावना हट्न थालेको थियो,’ लेखराज भन्छन्, ‘गीतसंगीतमा भाइरल भयो भने वाह वाह हुन्छ। तर, दीर्घकालसम्म ती सिर्जनाको अर्थ के? विस्तारै यो कुराको महत्व बढेको लाग्छ। राम्रो र वास्तविक सिर्जनाको खोजी हुँदै छ। कतिले ट्रेण्ड एकतिर छ भनेर त्यही कुरा फलो गरेका छन्। कतिले फरक गर्ने कोसिस गरेका छन्।’

लेखराज आफूले यी गीतहरु लेखिरहँदा विकास धेरै ठूलो कुरा नभएको बुझेका छन्। उनलाई लाग्छ, दूरदराजमा विकास भनेको केवल एउटा बाटो पुग्नु हो। स्वास्थ्य सेवा पुग्नु हो। ठूला ठूला सपना देखाइनुभन्दा पनि सामान्यभन्दा सामान्य कुराको उपलब्धता हुनु विकास हो। 

‘सक्नेले ढुंगा, माटो जे दिएर पनि काम गर्न सकिन्छ,’ लेखराज भन्छन्, ‘विकास भनेको त्यही हो। एकले अर्काको खुट्टा तान्नेभन्दा पनि मोफसलमा भएका कुराहरु देखाउने हो। काठमाडौं मात्रै नेपाल होइन। नेपाल हुम्ला, कर्णालीमा छ। मधेशमा छ। सुदूर पूर्वमा छ। काठमाडौंबाट थोरै बाहिर जाने हो भने वास्तविक नेपाल देखिन्छ। गीतसंगीतमा यी कुराहरु आउनुपर्छ भन्ने लाग्छ।’

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्