काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।
आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
देउवा र प्रचण्डबीचको भेटवार्तापछि दिउँसो ३ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक पनि सरेको छ।
प्रेस संयोजक परियारका अनुसार गठबन्धनको बैठक बेलुका ५ बजे बालुवाटारमा नै बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।