• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी: सडकमा छताछुल्ल, सदनमा 'प्रवेश निषेध'

64x64
किशोर दहाल बुधबार, फागुन ४, २०७८  १९:३९
1140x725

काठमाडौं– बुधबारको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता टेबल हुने चर्चा थियो। त्यसैले यसका विपक्षमा रहेकाहरुले विरोध प्रदर्शन आयोजना गरे। सोही क्रममा नयाँ बानेश्वर क्षेत्र रणमैदान जस्तै भयो।

एमसीसीको विपक्षमा विभिन्न माध्यममार्फत् व्यक्त भइरहेका धारणाकै विस्तारित रुप आज सडकमा पोखिएको थियो। यसअघि पनि सामान्य विरोध प्रदर्शन नभएका होइनन्, आजको प्रदर्शन भने केही सशक्त थियो। जसको कारण निषेधित क्षेत्र समेत तोडियो। प्रहरीले पनि बल प्रयोग गर्‍यो।

यसरी एमसीसीका सन्दर्भमा मूलधारका सञ्चारमाध्यम, युट्युबदेखि सामाजिक सञ्जालमै विरोध गरिरहेको समूह सडकमै ओर्लिसक्दा पनि जनताका प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधि सभा भने अझै मौन छ। २०७६ असार ३० गते अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता भएको सो सम्झौतामाथि सांसद्हरुले सदनभित्र उभिएर आफ्नो र पार्टीको धारणा राख्न पाएका छैनन्।

प्रतिनिधि सभाको बुधबारकै बैठकमा सम्झौता टेबल गर्ने सरकारको प्रयास पनि अन्तिम समयमा रोकियो। माओवादीको संसदीय दलको बैठकले टेबल गरे गठबन्धन नै टुट्ने र सरकारबाट पनि बाहिरिने आशयको निर्णय गरेको थियो। सोही सन्देश बोकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटे। बरु, बिहीबार बस्ने तय भएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। त्यसैकारण प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ।

नजिकिएको समयसीमा
३२ महिनासम्म सदनमा छलफलको विषय नै बन्न नसकेको यो सम्झौता अनुमोदन हुनुपर्ने समयसीमा भने नजिकै आएको छ। गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी बोर्डका अध्यक्षलाई पत्र लेखेर संसद्‌बाट अनुमोदनका लागि चार–पाँच पाँच महिना समय मागेका थिए।

सोही अनुसार एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले देउवा र प्रचण्डलाई माघ २० मा प्रत्युत्तर लेखेर फागुन १६ भित्र सम्झौता अनुमोदन गर्न भनेका छन्। त्यतिमात्रै होइन, अमेरिकी पक्षले थप दबाब बढाएको छ। माघ २७ मा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर सम्झौता अनुमोदन गर्न भनेका थिए।

यो पनि पढ्नुहोस्

कति गिजोल्ने हो एमसीसी : संसद्‍‌मै बहस गरेर टुंगोमा पुगे हुँदैन?बुधबार, पुस २८, २०७८

अमेरिकी पक्षको थप दबाब बढ्दै जाँदा सम्झौताको विपक्षमा रहेका दलहरुले समेत नरम बोल्न थालेको चर्चा भइरहेको थियो। त्यसैले यसका विपक्षमा रहेका दलहरुले समेत आफ्नो विरोध पनि देखिने र एमसीसी पारित पनि हुने उपायको खोजी गर्ने नेताहरु नै बताइरहेका थिए। सोही अनुसार, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसद्हरुको अनुपस्थिति रहने र आवश्यक न्यून सांसद संख्याको बहुमतले सम्झौता पारित गर्ने आकलन भइरहेको छ। दलहरु सम्झौता अनुमोदन गर्नुपर्ने 'बाध्यता'मा रहेको तर 'फेस सेभिङ'को खोजीमा रहेको कारणले पनि अन्तिम समयमै भए पनि सम्झौता अनुमोदन हुने तर्क राजनीतिक वृतमा चलिरहेकै छ।

सम्झौता अनुमोदन गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा सम्झौताबारे सदनमा पर्याप्त बहस हुन सकेको छैन। अर्कोतिर, नेकपा एमालेले सदनमा महिनौंदेखि अवरोध जारी राखेको छ। उसको अवरोध कायमै रहँदा छलफल हुने सम्भावना झनै कम छ। त्यसैले पनि सम्झौताको पक्षमा रहेको कांग्रेस सदनमा टेबल गरिहाल्न चाहन्छ। सो पार्टीको संसदीय दलको बैठक र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही कोणबाट निर्णय गरेको छ। 'अब हामीले पनि यसलाई धेरै दिन पर्खेर राख्नु हुँदैन। यो संसद्‌मा प्रवेश गर्नुपर्छ। संसद्‌मा टेबल हुनुपर्छ। सार्वभौम र आधिकारिक संस्था संसद्‌मै त्यसमा प्रवेश गराऔँ', कानुनमन्त्री दिलेन्द्र बडू भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बुधबार संसद् भवनबाहिर बडूले सडकमा भइरहेको बहसलाई टुंग्याउनका निमित्त पनि यो विषय संसद्‌मा पुग्नुपर्ने बताए। 'सडकको बहसले यसको टुंगो लाग्न सक्दैन', उनको भनाइ छ, 'त्यसकारण यसलाई टुंग्याऔँ भन्ने हाम्रो पार्टीको, अहिलेको सरकारको प्रस्ताव हो।'

एमाले सांसद् भीम रावल, जो यस सम्झौतामा रहेका कैयौं प्रावधानका कडा आलोचक हुन्, उनी समेत यो विषयलाई सदनमा टेबल गरेर छलफल गर्नुपर्ने बताउँछन्। 'यत्रो महत्त्वपूर्ण राष्ट्रिय विषयमा हामी जनप्रतिनिधिहरुले धारणा राख्न त पाउनुपर्‍यो नि। जनताले संसद्‌मार्फत थाहा पाउनुपर्‍यो नि', उनी भन्छन्, 'नेपाल सरकारका कतिपय प्रस्तावहरु खुरुखुरु पारित भएर जाने तर राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, यत्रो संवेदनशील र जनताको सरोकार भएको विषयमा छलफल गर्न नपाउने कुरा उचित होइन।'

हो-हल्लामै पारित?
बडूले एमसीसीलाई सडकको बहसबाट सार्वभौम सदनको विषय बनाउनुपर्ने बताए पनि त्यहाँ पुग्नेमा प्रशस्तै अवरोध देखिन्छ। मुख्यतः सत्ता साझेदार दलहरु यसका लागि तयार छैनन्। अझ एमसीसी टेबल गर्ने सवालमा कांग्रेस एक्लै जस्तै छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसका विपक्षमा धारणा राखिरहेका छन्। जसपा दुईथरी धारणाबाट गुज्रिरहेको छ। राष्ट्रिय जनमोर्चा त एमसीसीको विरोधमा सडकमै उत्रिसकेको छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका निम्ति एमालेको सदन अवरोध नयाँ बहाना भएको छ। एमसीसीलाई टेबल गराउन नदिन भूमिका खेल्दै आएका उनीहरुले सदनमा एमालेको अवरोध हट्नुपर्ने अडान राख्न थालेका छन्। बुधबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक देव गुरुङले भनेका थिए, 'अहिले सदनलाई प्रतिपक्षी पार्टीले अवरोध गरिरहेको अवस्था छ। सदन सुचारु नगरिकन कुनै पनि अजेन्डाहरु अगाडि बढ्दैन। त्यसकारण सदन सुचारु गर्नलाई जोड दिने, विपक्षीसँग पनि आग्रह गर्ने।'

गुरुङले नै प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै सदन खुलिसकेपछि सामान्यरुपमा संविधानसम्मत, विधिसम्मत, कानुनसम्मत, ऐनसम्मत, परम्परागत अभ्याससम्मत विषयहरुको अजेन्डा आइसकेपछि सभामुखले सहज ढंगले प्रक्रिया अगाडि बढाउने बताएका थिए। उनको आशय एमसीसीले ती शर्त पूरा गरेका छैनन् भन्ने बुझिन्थ्यो।

'संविधान, ऐन, परम्परागत नियममा व्यवस्था छैन र सदनमा टेबल नगर्ने भनेर लेखेको छ, यस्ता विषयहरु, जसले संविधानलाई नै प्रभाव पार्छन्, खण्डित गर्छन्, सार्वभौम अधिकारलाई नै खण्डित गर्छन्, यस्ता विषयहरुलाई टेबल गर्न पनि राष्ट्रिय सहमति गर्नुपर्छ। दलहरुबीच सहमति नगरिकन त्यहाँ छिर्ने ठाउँ हुँदैन', उनको भनाइ थियो।

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुनमन्त्री बडूले एमसीसीलाई टेबल गर्न प्रस्ताव राखेका थिए। नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भन्छन्, 'अवरोध भइरहेको स्थितिमा लैजाने कुराले सांसदहरुले छलफल गर्ने मौका पाउँदैनन्। दलको तर्फबाट आफ्नो धारणा राख्ने मौका पाउँदैनन्। त्यसैले राष्ट्रिय महत्त्वको विषय, राष्ट्रलाई दूरगामी असर पर्ने विषय, सारा जनताको चासोको विषय बनिरहेको विषयमा सांसद्हरुले छलफलमै सहभागी हुन नसक्नेगरी टेबल गर्ने कुराको औचित्य रहँदैन। त्यसैले पहिले यो सदनलाई सुचारु बनाउनेतर्फ, प्रतिपक्षीलाई समझदारीमा ल्याउनेतर्फ सबैले पहल गरौँ। त्यो काम गरौँ। संसद् सुचारु गरौँ।'

एमालेको संसद् अवरोध एमसीसीलाई होहल्लामै पारित गराउन सहयोगी हुने शंका पनि गरिएको छ। त्यसरी शंका गर्ने अरु कोही होइनन्, सोही पार्टीका सांसद् भीम रावल हुन्। 'मैले धेरै अगाडि भनेको थिएँ, कतै संसद् अवरोधको नाममा होहल्लाभित्र एमसीसी गराउने षडयन्त्र त भइरहेको छैन? भनेर सार्वजनिक प्रश्न गरेको छु', उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्