• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी: सडकमा छताछुल्ल, सदनमा 'प्रवेश निषेध'

64x64
किशोर दहाल बुधबार, फागुन ४, २०७८  १९:३९
1140x725

काठमाडौं– बुधबारको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता टेबल हुने चर्चा थियो। त्यसैले यसका विपक्षमा रहेकाहरुले विरोध प्रदर्शन आयोजना गरे। सोही क्रममा नयाँ बानेश्वर क्षेत्र रणमैदान जस्तै भयो।

एमसीसीको विपक्षमा विभिन्न माध्यममार्फत् व्यक्त भइरहेका धारणाकै विस्तारित रुप आज सडकमा पोखिएको थियो। यसअघि पनि सामान्य विरोध प्रदर्शन नभएका होइनन्, आजको प्रदर्शन भने केही सशक्त थियो। जसको कारण निषेधित क्षेत्र समेत तोडियो। प्रहरीले पनि बल प्रयोग गर्‍यो।

यसरी एमसीसीका सन्दर्भमा मूलधारका सञ्चारमाध्यम, युट्युबदेखि सामाजिक सञ्जालमै विरोध गरिरहेको समूह सडकमै ओर्लिसक्दा पनि जनताका प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधि सभा भने अझै मौन छ। २०७६ असार ३० गते अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता भएको सो सम्झौतामाथि सांसद्हरुले सदनभित्र उभिएर आफ्नो र पार्टीको धारणा राख्न पाएका छैनन्।

प्रतिनिधि सभाको बुधबारकै बैठकमा सम्झौता टेबल गर्ने सरकारको प्रयास पनि अन्तिम समयमा रोकियो। माओवादीको संसदीय दलको बैठकले टेबल गरे गठबन्धन नै टुट्ने र सरकारबाट पनि बाहिरिने आशयको निर्णय गरेको थियो। सोही सन्देश बोकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटे। बरु, बिहीबार बस्ने तय भएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। त्यसैकारण प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ।

नजिकिएको समयसीमा
३२ महिनासम्म सदनमा छलफलको विषय नै बन्न नसकेको यो सम्झौता अनुमोदन हुनुपर्ने समयसीमा भने नजिकै आएको छ। गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी बोर्डका अध्यक्षलाई पत्र लेखेर संसद्‌बाट अनुमोदनका लागि चार–पाँच पाँच महिना समय मागेका थिए।

सोही अनुसार एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले देउवा र प्रचण्डलाई माघ २० मा प्रत्युत्तर लेखेर फागुन १६ भित्र सम्झौता अनुमोदन गर्न भनेका छन्। त्यतिमात्रै होइन, अमेरिकी पक्षले थप दबाब बढाएको छ। माघ २७ मा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर सम्झौता अनुमोदन गर्न भनेका थिए।

यो पनि पढ्नुहोस्

कति गिजोल्ने हो एमसीसी : संसद्‍‌मै बहस गरेर टुंगोमा पुगे हुँदैन?बुधबार, पुस २८, २०७८

अमेरिकी पक्षको थप दबाब बढ्दै जाँदा सम्झौताको विपक्षमा रहेका दलहरुले समेत नरम बोल्न थालेको चर्चा भइरहेको थियो। त्यसैले यसका विपक्षमा रहेका दलहरुले समेत आफ्नो विरोध पनि देखिने र एमसीसी पारित पनि हुने उपायको खोजी गर्ने नेताहरु नै बताइरहेका थिए। सोही अनुसार, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसद्हरुको अनुपस्थिति रहने र आवश्यक न्यून सांसद संख्याको बहुमतले सम्झौता पारित गर्ने आकलन भइरहेको छ। दलहरु सम्झौता अनुमोदन गर्नुपर्ने 'बाध्यता'मा रहेको तर 'फेस सेभिङ'को खोजीमा रहेको कारणले पनि अन्तिम समयमै भए पनि सम्झौता अनुमोदन हुने तर्क राजनीतिक वृतमा चलिरहेकै छ।

सम्झौता अनुमोदन गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा सम्झौताबारे सदनमा पर्याप्त बहस हुन सकेको छैन। अर्कोतिर, नेकपा एमालेले सदनमा महिनौंदेखि अवरोध जारी राखेको छ। उसको अवरोध कायमै रहँदा छलफल हुने सम्भावना झनै कम छ। त्यसैले पनि सम्झौताको पक्षमा रहेको कांग्रेस सदनमा टेबल गरिहाल्न चाहन्छ। सो पार्टीको संसदीय दलको बैठक र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही कोणबाट निर्णय गरेको छ। 'अब हामीले पनि यसलाई धेरै दिन पर्खेर राख्नु हुँदैन। यो संसद्‌मा प्रवेश गर्नुपर्छ। संसद्‌मा टेबल हुनुपर्छ। सार्वभौम र आधिकारिक संस्था संसद्‌मै त्यसमा प्रवेश गराऔँ', कानुनमन्त्री दिलेन्द्र बडू भन्छन्।

Ncell 2
Ncell 2

बुधबार संसद् भवनबाहिर बडूले सडकमा भइरहेको बहसलाई टुंग्याउनका निमित्त पनि यो विषय संसद्‌मा पुग्नुपर्ने बताए। 'सडकको बहसले यसको टुंगो लाग्न सक्दैन', उनको भनाइ छ, 'त्यसकारण यसलाई टुंग्याऔँ भन्ने हाम्रो पार्टीको, अहिलेको सरकारको प्रस्ताव हो।'

एमाले सांसद् भीम रावल, जो यस सम्झौतामा रहेका कैयौं प्रावधानका कडा आलोचक हुन्, उनी समेत यो विषयलाई सदनमा टेबल गरेर छलफल गर्नुपर्ने बताउँछन्। 'यत्रो महत्त्वपूर्ण राष्ट्रिय विषयमा हामी जनप्रतिनिधिहरुले धारणा राख्न त पाउनुपर्‍यो नि। जनताले संसद्‌मार्फत थाहा पाउनुपर्‍यो नि', उनी भन्छन्, 'नेपाल सरकारका कतिपय प्रस्तावहरु खुरुखुरु पारित भएर जाने तर राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, यत्रो संवेदनशील र जनताको सरोकार भएको विषयमा छलफल गर्न नपाउने कुरा उचित होइन।'

हो-हल्लामै पारित?
बडूले एमसीसीलाई सडकको बहसबाट सार्वभौम सदनको विषय बनाउनुपर्ने बताए पनि त्यहाँ पुग्नेमा प्रशस्तै अवरोध देखिन्छ। मुख्यतः सत्ता साझेदार दलहरु यसका लागि तयार छैनन्। अझ एमसीसी टेबल गर्ने सवालमा कांग्रेस एक्लै जस्तै छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसका विपक्षमा धारणा राखिरहेका छन्। जसपा दुईथरी धारणाबाट गुज्रिरहेको छ। राष्ट्रिय जनमोर्चा त एमसीसीको विरोधमा सडकमै उत्रिसकेको छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका निम्ति एमालेको सदन अवरोध नयाँ बहाना भएको छ। एमसीसीलाई टेबल गराउन नदिन भूमिका खेल्दै आएका उनीहरुले सदनमा एमालेको अवरोध हट्नुपर्ने अडान राख्न थालेका छन्। बुधबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक देव गुरुङले भनेका थिए, 'अहिले सदनलाई प्रतिपक्षी पार्टीले अवरोध गरिरहेको अवस्था छ। सदन सुचारु नगरिकन कुनै पनि अजेन्डाहरु अगाडि बढ्दैन। त्यसकारण सदन सुचारु गर्नलाई जोड दिने, विपक्षीसँग पनि आग्रह गर्ने।'

गुरुङले नै प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै सदन खुलिसकेपछि सामान्यरुपमा संविधानसम्मत, विधिसम्मत, कानुनसम्मत, ऐनसम्मत, परम्परागत अभ्याससम्मत विषयहरुको अजेन्डा आइसकेपछि सभामुखले सहज ढंगले प्रक्रिया अगाडि बढाउने बताएका थिए। उनको आशय एमसीसीले ती शर्त पूरा गरेका छैनन् भन्ने बुझिन्थ्यो।

'संविधान, ऐन, परम्परागत नियममा व्यवस्था छैन र सदनमा टेबल नगर्ने भनेर लेखेको छ, यस्ता विषयहरु, जसले संविधानलाई नै प्रभाव पार्छन्, खण्डित गर्छन्, सार्वभौम अधिकारलाई नै खण्डित गर्छन्, यस्ता विषयहरुलाई टेबल गर्न पनि राष्ट्रिय सहमति गर्नुपर्छ। दलहरुबीच सहमति नगरिकन त्यहाँ छिर्ने ठाउँ हुँदैन', उनको भनाइ थियो।

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुनमन्त्री बडूले एमसीसीलाई टेबल गर्न प्रस्ताव राखेका थिए। नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भन्छन्, 'अवरोध भइरहेको स्थितिमा लैजाने कुराले सांसदहरुले छलफल गर्ने मौका पाउँदैनन्। दलको तर्फबाट आफ्नो धारणा राख्ने मौका पाउँदैनन्। त्यसैले राष्ट्रिय महत्त्वको विषय, राष्ट्रलाई दूरगामी असर पर्ने विषय, सारा जनताको चासोको विषय बनिरहेको विषयमा सांसद्हरुले छलफलमै सहभागी हुन नसक्नेगरी टेबल गर्ने कुराको औचित्य रहँदैन। त्यसैले पहिले यो सदनलाई सुचारु बनाउनेतर्फ, प्रतिपक्षीलाई समझदारीमा ल्याउनेतर्फ सबैले पहल गरौँ। त्यो काम गरौँ। संसद् सुचारु गरौँ।'

एमालेको संसद् अवरोध एमसीसीलाई होहल्लामै पारित गराउन सहयोगी हुने शंका पनि गरिएको छ। त्यसरी शंका गर्ने अरु कोही होइनन्, सोही पार्टीका सांसद् भीम रावल हुन्। 'मैले धेरै अगाडि भनेको थिएँ, कतै संसद् अवरोधको नाममा होहल्लाभित्र एमसीसी गराउने षडयन्त्र त भइरहेको छैन? भनेर सार्वजनिक प्रश्न गरेको छु', उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले विशेष २४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक काँग्रेस हुने बताएक... बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ ‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधा... बुधबार, पुस ३०, २०८२
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाध... बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्