• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कति गिजोल्ने हो एमसीसी : संसद्‍‌मै बहस गरेर टुंगोमा पुगे हुँदैन?

64x64
किशोर दहाल बुधबार, पुस २८, २०७८  १९:१५
1140x725

काठमाडौं- नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान सम्झौता (एमसीसी सम्झौता)का विषयमा सडकदेखि सञ्चार माध्यममा छलफल हुन बाँकी सम्भवतः कुनै पनि कोण छैनन्। विषयलाई गहिरोसँग बुझेका/नबुझेका, युट्युबका मुख्य/सामान्य सेटिब्रेटी, पत्रिकाका स्तम्भकार, विज्ञ, अध्यता, चासो राख्ने सबैले आफ्नो हिस्साको तर्क राखिसकेका छन्, राखिरहेका छन्। पार्टीहरुका आन्तरिक छलफलमा पनि यो विषय अटाइसकेको छ। त्यसैले कहिलेकाहीँ अलि चर्को गरी र कहिलेकाहीँ अलि हल्का रुपमा यो विषय विगत अढाइ वर्षदेखि मुख्य चासोको विषय बनिरहेको छ।

पछिल्लो समय त यसले राजनीति र समाजलाई पनि ध्रुवीकृत गरेको छ। एमसीसी सम्झौताको सन्दर्भमा भूराजनीतिक चासो जति छ, भूइँमान्छेको चासो पनि कम देखिँदैन। यसका विषयमा चर्चा हुनासाथ आममानिसबाट आउने 'नो एमसीसी' जस्ता प्रतिक्रियाबाट यसप्रति रहेको नकारात्मक छवि आकलन गर्न सकिन्छ। त्यसैले पनि कतिपय दलहरुले दोहोरो शैली अपनाउने गरेका छन्। अमेरिकासँग कूटनीतिक सम्बन्ध नबिग्रियोस् भन्ने चाहनाले यो अनुदान चाहिँदैन भन्न सक्दैनन्, चुनावमा भोट नबिथोलियोस् भनेर सम्झौता संसद्‍‌बाट अनुमोदन भएर कार्यान्वयन होस् भन्न पनि सक्दैनन्। तैपनि, एमसीसी सम्झौताको सन्दर्भमा प्रमुख दलहरुको धारणा लगभग प्रस्ट नै छ।

विभिन्न माध्यममा विभिन्न कोणबाट बहस भइरहँदा नागरिकको सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभा र प्रबुद्ध व्यक्तिहरुको प्रतिनिधित्व रहने भनिएको राष्ट्रिय सभामा संगठित बहस हुन सकेको छैन। सुरुआतमा शून्य समय र विशेष समयमा केही सांसदहरुले यो विषयमा फाट्टफुट्ट र पछिपछि प्रेम सुवालजस्ता सांसदले अन्य सन्दर्भमा पनि एमसीसीको चर्चा गरेका छन्। तर, यो विषय संसद्‍‌मा पेस भएर छलफल नहुँदा यही विषयमा केन्द्रित भएर औपचारिक बहस हुन नसकेको हो। जनमतलाई नै विभाजित गरिरहेको महत्त्वपूर्ण विषयमा सांसदहरुले आफ्नो थलोमा उभिएर धारणा राख्ने काम भएको छैन।

विभिन्न अन्य प्रस्तावमा एमसीसीलाई ‘घुसाउने’ गरेका सुवाल भने यो विषयमै केन्द्रित भएर संसद्‍‌मा छलफल होस् भन्ने चाहँदैनन्। ‘एमसीसीमा विभिन्न राष्ट्रघाती प्रावधान छन्,’ उनले नेपाल लाइभसँग भने, ‘नेपाल बिक्री गर्ने भनेर पनि छलफल गरे भयो नि त। त्यस्तो त मिल्दैन नि। त्यसैले एमसीसीको विषयमा पनि छलफल हुनुहुँदैन।’

आफूले अन्य सन्दर्भमा एमसीसीको विषय उठाउने गरेको प्रसंगलाई भने उनले देश र जनताको विषय उठाउने दायित्वको रुपमा व्याख्या गरे। ‘जे जरुरी हुन्छ, त्यही कुरा उठाउने हो। प्रस्तुत विषयमा तीन मिनेट समय हुन्छ। त्यसमा पाँच सेकेण्डको एउटा वाक्य बोले पुगिहाल्यो। बाँकी समयमा देश र जनताको विषयमा बोल्नुपर्‍यो नि त,’ उनले भने।

nimb
nimb

एमसीसीको विषयमा सुरुआतमै धारणा राख्नेमध्येका एक सांसद देव गुरुङ उक्त सम्झौता सदनमा प्रस्तुत गर्नका लागि वैधानिक आधार नभएको बताउँछन्।

एमसीसीसँगको सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतबाट पारित भयो भने मात्रै कार्यान्वयनमा जान सक्छ। त्यसैले पनि यो विषयमा प्रतिनिधि सभामा हुने बहस अपेक्षित छ। सांसदहरुले औपचारिक रुपमा त्यस विषयमा राख्ने धारणा अपेक्षित छ। त्यहीँ हुने बहस र मतदानबाट यो विषय टुंगो लाग्यो भने बढी सुरक्षित हुनेछ। 

‘अन्यत्र पर्याप्त छलफल भयो, संसद्‍‌मै भने हुन सकेन। त्यहाँ छलफल हुन सकेको भए संसद्‍ र सांसदको सार्वभौमिकताको पनि उपयोग हुन सक्थ्यो,’ अर्का एक सांसद भन्छन्, ‘जनताले अपेक्षा गर्ने पनि आफ्ना प्रतिनिधिहरुसँगै हो। तर, विषय धेरै गिजोलिइसक्यो। अब यसमाथि संसद्‍‌मै हुने छलफललाई पनि स्वस्थ बहसको रुपमा हेरिने छैन। यसको तर्कपूर्ण समर्थन गर्नेहरुलाई नै अनेक आरोप लाग्नेवाला छ। त्यसैले सांसदहरुले यो विषयमा बोल्दा यसको आवश्यकता हो वा होइन भन्ने कोणबाट होइन, चुनावमा आउने भोटमा कस्तो असर पर्ला भनेर सचेत हुनुपर्ने भएको छ।’

२०७६ असार ३० गते नै एमसीसीसँगको सम्झौता संसद्‍ सचिवालयमा दर्ता भएको थियो। तर, त्यसपछि यो अघि बढेको छैन। बरु दुई पटक प्रतिनिधि सभा नै विघटन भइ पुनःस्थापना भएको छ। २०७७ पुस ५ गते पहिलोपटक प्रतिनिधि सभा विघटन भएयता यो सभाले कहिले आंशिक र कहिले पूर्ण अवरोध झेल्दै आएको छ। शून्य समय र विशेष समय नै सञ्चालन हुन सकेका छैनन् भने अन्य विषयमा बहस र छलफलले प्रभावकारिता नपाउनु ‘सामान्य’ जस्तै बनेको छ। पछिल्ला दिनहरुमा त प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक निरन्तर अवरोध हुँदै र सर्दै आएका छन्।

सम्झौता संसद्‍‌मा टेबल भएपछि मात्रै छलफल हुनसक्ने बताउँछन्, संसद्‍ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे। ‘त्यो सम्झौता संसद्‍‌मा दर्ता भइसकेको छ। त्यसैले ‘पाइपलाइन’मा बसेको छ। विचाराधीन छ। संसद्‍‌मा टेबल भएर अब अजेन्डा बन्नुपर्‍यो। अनि मात्रै छलफल हुनसक्छ,’ उनी भन्छन्।

एमसीसी सम्झौताको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले भने आफूनिकटसँग दलहरुबीच सहमति बन्नुपर्ने तथा सदनमा पर्याप्त छलफल हुने वातावरण सिर्जना हुनुपर्ने बताउने गरेका छन्। अवरोधका बीच सम्झौतालाई निर्णयार्थ पेस गर्न उनले चाहेका छैनन्। तैपनि, कतिपय नेताहरुका भनाइअनुसार, अब जुनसुकै समयमा पनि एमसीसी प्रतिनिधि सभामा टेबल हुनसक्छ र केही 'नाटकीय विरोध/बहिस्कार/अनुपस्थिति' का बीच यो अनुमोदन हुने प्रक्रियामा पनि जानसक्छ। केही दलहरुको एमसीसीलाई प्रतिनिधि सभाबाट पास पनि गर्नुपर्ने र विरोधी पनि देखिनुपर्ने दोहोरो भूमिका निर्वाह गर्ने अवसर अनुकूल हुनासाथ यो विषय अघि बढ्ने उनीहरुको आशय पाइन्छ। तर, एमसीसीलाई अघि सारेर सत्तारुढ गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा र प्रतिपक्षी नेता केपी शर्मा ओलीको रणनीति के हो भन्नेमै यी कदम निर्भर हुने देखिन्छन्। उनीहरु दुवैले एमसीसीबारे निर्णय गर्दा आफ्नो ‘हित’ नदेख्ने अवस्थामा यो निर्वाचनभन्दा पछि धकेलिन सक्ने पनि कतिपयको आकलन छ।

एमसीसीलाई पास गर्ने भनेर संसद्‍‌मा जबर्जस्ती गर्न नहुने बताउँछन्, सुवाल। ‘अमेरिकाकै दलाल बन्ने हो भने त जे गरे पनि भयो नि,’ उनले भने, ‘देशको सार्वभौमिकताको विषयमा त्यस्तो जबर्जस्ती गर्न पाइँदैन।’

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्