काठमाडौं– माओवादी केन्द्रका नेता देव गुरुङले सन्धि तथा विधेयक संसद्मा टेबल हुन प्रमुख प्रतिपक्षको अवरोध हट्नै पर्ने बताएका छन्।
प्रतिपक्षको अवरोध नहटिकन संसद्मा एमसीसी टेबल हुन नसक्ने उनले बताए। सदन खुलेको अवस्थामा पनि सहज ढंगले विधिसंगत तरिकाले एमसीसी टेबल हुनुपर्ने उनको जोड थियो।
सार्वसाभौम सत्ताका सन्दर्भमा समेत प्रश्न उठेको एमसीसीमा राष्ट्रिय सहमति हुनैपर्ने उनले जिकिर गरे। प्रतिनिधि सभाको बैठक सकेर निस्केन क्रममा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘परम्परागत विधि र ऐन फलो गर्नुपर्दछ। सदन खुल्ने र एमसीसीका लागि राष्ट्रिय सहमति हुनुपर्छ।’
माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत नभएपछि एमसीसी सम्झौता बुधबारको प्रतिनिधि सभा बैठकमा टेबल हुन सकेन।
सहमतिको प्रयासका लागि बिहीबार शीर्ष नेताको बैठक बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।