काठमाडौं– कानुनमन्त्री दिलेन्द्र बडूले सत्तागठबन्धनका दलबीच सहमति गर्नका लागि संसदको बैठक दुई दिन सारिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठक सकिएपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै बडूले सहमतिको प्रयास भइरहेको बताए। एमसीसीलाई सडकको बहसबाट सदनमा ल्याउन कांग्रेसको प्रयत्न रहेको उनको धारणा थियो।
सडकको बहसले एमसीसी टुंगोमा नपुग्ने भएकाले बहसको थलो संसद हुनुपर्ने उनले बताए।
माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपनि शुक्रबार एमसीसी टेबुल हुन्छ भन्ने जिज्ञासामा मन्त्री बडूले सहमतिको प्रयास जारी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।