काठमाडौं- संघीय संसद् भवनको दक्षिण गेटमा झडप भएको छ।
प्रतिनिधि सभा बैठकमा आज एमसीसी टेबल गर्ने तयारी गरेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
प्रदर्शनकारी संसद् भवनको गेट नजिक पुगेका थिए। प्रहरीमाथि इट्टा प्रहार भएपछि झडपको स्थिति बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा हानेको थियो।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस निकटका भ्रातृ संस्थाका साथै अन्य समूहले प्रदर्शन गरिरहेका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।