फाइल तस्बिर
काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न नेकपा एमालेका सांसदहरुलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु भए लगत्तै नेकपा एमालेले अवरोध सुरु गरेपछि सभामुखले यस्तो आग्रह गरेका हुन्। ‘बैठक सञ्चालनका लागि अवरोधले समस्या आएको छ। आम नागरिकका दैनिक समस्याहरुमा व्यवधान आएका छन्। कानुन निर्माण निगरानी लगायतका कामहरु अवरोधका कारणले प्रभावित हुन पुगेको छ,’ उनले भने, ‘४२ वटा विधेयक विचाराधीन रहेका छन्। राज्य सञ्चालनका विधेयकहरु रोकिदा समस्या आउँछ।’
उनले संसदको अवरोधका कारण विधि निर्माणप्रक्रिया अवरोध आएको भन्दै सभामा प्रभावकारिता वद्धि पनि नगर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।