काठमाडौं- नेपाल बन्द गराउँदै हिँडेका ५७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल कम्युनिष्ट पार्टीसहितका ५ दलले आज नेपाल बन्दको आह्वान गरेका थिए।
काठमाडौं उपत्यकामा बन्द गराउँदै हिँडेका २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। त्यस्तै ललितपुरमा १२,भक्तपुरमा ३, झापामा ५, बाँकेमा ३, रुपन्देहीमा ९, सुर्खेतमा १ गरी हालसम्म ५७ जना नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।