काठमाडौं- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठक सकिएको छ। प्रतिनिधि सभा बैठक सञ्चालनका लागि बोलाइको कार्यव्यवस्थाको बैठकले एमसीसीलाई आज कार्यसूचीमा नराख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का बीचमा भोलि सत्ता गठबन्धनका नेताहरुको बैठक राख्ने अनि मात्र कार्यसूचीमा एमसीसी राख्ने सहमति भएपछि कार्य व्यवस्थाले आजको बैठकको कार्यसूचीमा एमसीसीलाई नराख्ने निर्णय गरेको हो। आ
जको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद वडुले संसदमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव प्रस्ताव राखेका थिए।
यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन वटा शोक प्रस्ताव पेस गर्ने उल्लेख थियो।
प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ जसपाका नेताहरु अनुपस्थिति रहेको बैठकले उक्त कार्यसूची अघि बढाउने निर्णय गरेको छ।
त्यस्तै भोलि बस्ने गठबन्धनको बैठकपछि पर्सी प्रतिनिधि सभाको बैठक राख्ने छलफल कार्यव्यवस्थामा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।