काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ बानेश्वरको प्रदर्शनमा सहभागी भएका छन्। उनी १५ मिनेट जति त्यहाँ बसेर फर्किएका थिए।
'आफ्नै पार्टीका युवा विद्यार्थीहरुले गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउन पुग्नुभएको थियो', श्रेष्ठका प्रेस संयोजक सुरेशकाजी श्रेष्ठले नेपाल लाइभसँग भने, '१५ मिनेट जति बसेर फर्किनुभयो। उहाँले त्यहाँ कुनै धारणा भने राख्नुभएन।'
श्रेष्ठ सुरुदेखि नै एमसीसीको विरोधमा रहँदै आएका छन्। संशोधन बिना एमसीसी अनुमोदन गर्न नहुने उनको धारणा छ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा टेबल गर्ने भनिएको एमसीसी भने आज टेबल नहुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।