काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। सिंहदरबारमा पार्टीको संसदीय दलको बैठक सकेर उनी सोझै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्।
आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गरेसँगै उनी प्रधानमन्त्रीसँगको भेटका लागि बालुवाटार गएका हुन्।
सरकारले जबरजस्ती आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गरिए सरकारमा नरहने निर्णय पनि माओवादीले गरेको छ।
नेपाली कांग्रेसले आजको संसद बैठकमा जसरी पनि एमसीसी टेबुल गर्नुपर्ने निर्णय गरिसकेको छ। एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरुबीच नै विवाद उत्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।