काठमाडौं- नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गरेको छ।
आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
नेता गुरुङले यथास्थितिमा एमसीसी संसदमा टेबल गरे विपक्षमा मत दिने निर्णय गरिएको जानकारी दिए। गठबन्धनमा सहमति नभइ एमसीसी टेबल गरे आफूहरु सरकारमा बसिरहन नमिल्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।