काठमाडौं- सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजको प्रतिनिधि सभा बैठकमा टेबल गर्ने तयारी गरेको छ।
प्रतिनिधि सभाको सम्भावित कार्यूचीमा एमसीसीबारे कही उल्ललेख गरिएको छैन। तर कार्यव्यवस्था समितिको बैठकले यसबारे टुंगो लागाउने तयारी गरेको जनाइएको छ।
यसैबीच अर्थमन्त्री जनार्दन शर्मा एमसीसी टेबल गर्न अनिच्छुक देखिएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेबल गर्ने जिम्मेवारी दिइन लागिएको स्रोतको भनाइ छ।
शर्माको दल नेकपा माओवादी केन्द्र एमसीसी संशोधनसहित पास गर्नुपर्ने पक्षमा छ।
अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्न आनाकानी गरेपछि सञ्चारमन्त्री कार्कीलाई टेबल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
कांग्रेस सांसद भीमसेनदास प्रधानले एमसीसी पास गर्नका लागि दलहरुसँग सहमतिका लागि एक दिन पर्खन पनि सकिने बताए।
'कार्यव्यवस्था परामर्श समितिको बैठकबाट आजै टेबल गर्ने वा सहमतिका लागि पर्खने निर्णय हुन्छ' सांसद प्रधानले भने।
सांसद डिला संग्रौलाले कार्यव्यवस्थाको बैठकबाट एमसीसी टेबल गर्ने निर्णय हुने दाबी गरिन्।
'संसदीय समितिबाट पनि एमसीसी पास गर्ने निर्णय भएको छ। कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्री पनि हुने भएपछि उहाँले समितिको निर्णय अनुसार भूमिका खेल्नुहुन्छ' उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।