काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि बोलाएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ। सभामुख सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
हालसम्म पनि आफूहरुको माग सभामुखले सम्बोधन नगरेकाले बैठकमा सहभागी नहुने प्रमुख सचेतक विशाल भट्टराईले बताए।बैठकमा सहभागी नभए पनि पार्टीका माग भने कार्यव्यवस्था समितिलाई जानकारी गराइने भट्टराईले बताए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ।
आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै निरन्तर संसद अवरोध गर्दै आएको एमालेले आज पनि यसलाई निरन्तरता दिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।