काठमाडौं– 'हाम्रो नेपाल, हामी नेपाली' अभियानका 'अभियन्ता' ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन्। शाहीले आफ्नो अभियानलाई राप्रपामा समाहित गराउन लागेका हुन्।
राप्रपाको मंगलबार बसेको पदाधिकारी बैठकले दुवै पक्षका वार्ता टोलीबीच भएको सहमति अनुमोदन गर्दै शाहीको अभियानलाई पार्टीमा समाहित गराउने निर्णय गरेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फागुन ६ गते शाही नेतृत्वको अभियान राप्रपामा समाहित भएको घोषणा हुने बताए।
राप्रपाले समान विचार भएका विभिन्न समूह तथा व्यक्तिसँग वार्ता गर्न भन्दै महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा समिति गठन गरेको थियो। राप्रपाको वार्ता समितिसँग वार्ताका लागि शाही नेतृत्वको अभियानका तर्फबाट विनोद खड्काको नेतृत्वमा वार्ता टोली बनाइएको थियो।
वार्ताको क्रममा आफूहरुले एक पदाधिकारीसहित ७ जना केन्द्रीय सदस्य पाउने सहमति जुटेको शाही निकट स्रोतले जानकारी दियो। राप्रपामा समाहित भएपछि शाही राप्रपाको प्रवक्ता बन्ने स्रोतको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।