काठमाडौं– गण्डकी प्रदेश सरकारले भोलि (बुधबार)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते (बुधबार) दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।
'गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,' मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।