काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।
प्रधानमन्त्री कार्यालयले आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ। 'नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषदको (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहश्र जानकारी गराउँदछु', प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
डा रुपाखेती स्टार अस्पतालका निर्देशक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।