फाइल तस्बिर
काठमाडौं– नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध प्रदर्शन गरेको छ। युवा संघले नयाँ बानेश्वर क्षेत्रमा सभामुखविरूद्ध प्रदर्शन गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लगाइएको महाअभियोगको समेत युवा संघले विरोध गरेको छ।
प्रदर्शनमा युवा संघका कार्यकर्ताहरुले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुखले राजीनामा दिनुपर्ने, पार्टी फुटाउने षडयन्त्र बन्द गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। नेकपा एमाले निकट युवा संघले केही समययता सभामुखविरूद्ध विरोध प्रदर्शन गर्दै आइरहेको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखले राजीनामा दिनुपर्ने वा आफूहरुले निस्कासन गरेका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ।
यही मागलाई लिएर नेकपा एमालेले लामो समयदेखि संसद् पनि अवरोध गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।