तस्बिर : रासस।
काठमाडौं- नेपाली कांग्रेसले सरकारको कामको समीक्षा गर्न संसदीय दलको बैठक छुट्टै बोलाउने भएको छ। मंगलबारको बैठकमा भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग प्रस्ताव, एमसीसी लगायतका विषयमा छलफल भएको थियो।
'सांसद् साथीहरुले अहिले सरकारले गरिरहेको थुप्रै कामहरुको बारेमा पनि थप छलफल गर्न चाहनुभएको छ। यसका निम्ति केही दिनभित्र छुट्टै बैठक राख्ने भनेर निधो गरेका छौँ', मंगलबारको बैठकपछि सांसद गगन थापाले बताए।
आजको बैठकले प्रधानन्यायाधीश राणा विरुद्धको महाभियोग प्रस्ताव पारित गर्न अन्य दललाई पनि आह्वान गरेको छ।
साथै, महाभियोगको प्रस्तावमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गर्ने भएको छ।
'जो यसमा सम्मिलित हुनुभएको छैन। कोही गठबन्धनमा हुनुहुन्छ। कोही प्रमुख प्रतिपक्षमा हुनुहुन्छ। सबैसँग संसदीय दलको तर्फबाट केही साथीहरुलाई पठाएर छलफल गर्ने टुंगो गरेका छौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।