फाइल तस्बिर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक यही फागुन ८ गते बस्दै छ। समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको संख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायत विषयमा समेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।