काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले ‘सुपर रफ्तार अफर’ ल्याएको छ।
यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपीएससम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्नेछन्।
इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पूर्णरुप दिन कम्पनीले यो अफर ल्याइएको जनाएको छ। आफ्नो आवश्यक्ता अनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्यूनतम मूल्यमा प्राप्त गर्न सक्ने बताइएको छ।
६५० एमबीपीएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र १७७० रुपैयाँ प्रतिमहिनामा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।