काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसी पास गर्नका लागि फागुन १६ सम्मको समयसीमा मागिएको बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्रबारे बताउँदै फेब्रुअरी २८ अन्तिम समयसीमा रहेको उनले बताए।
कांग्रेस पहिलेदेखि नै एमसीसीका पक्षमा रहेको बताउँदै प्रचण्डले एमसीसी पास गर्न उक्त समयसीमा मागेकाले देउवा र प्रचण्डले संयुक्त रुपमा उक्त पत्र लेखेको उनको भनाइ छ।
उनले भने, 'गते सेप्टेम्बरमा फेब्रुअरी २८ सम्मको समयीसीमा उहाँका कारण मागिएको हो। हामीले त सन् २०१९ मै पास गर्ने भनेका थियौं। प्रचण्डजीले थप समय स्वीकृति गर्नुपर्यो पास गराउन सक्छौं । भनेपछि पत्र लेखिएको हो।'
महत नेपाली कांग्रेसका सांसदलाई एमसीसी बारे बुझाउन मंगलबार संसदीय दलको बैठकमा पुगेका थिए। हाल सांसद नरहेका उनले एमसीसी कुनै पनि हालतमा पास हुन जरुरी भएको बताए।
'एमसीसी पास हुँदा राष्ट्रको आर्थिक वृद्धि हुन्छ। वैदेशि लगानी बढ्छ। पूर्वाधानर विकास हुन्छ। रोजगारी सिर्जना हुन्छ। विद्युत उत्पादन बढ्दै जान्छ। ठूलो मात्रामा निर्यात गर्न सकिन्छ,' उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।