काठमाडौं– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ। फागुन ७ गते स्थायी कमिटीको बैठक बोलाइएको उप महासचिव एवम् पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ। ‘बैठक ७ गते बस्दैछ। स्थान र समयको टुंगो लागिसकेको छैन,’ उनले भने, ‘एमसीसी परियोजना, प्रधानन्यायाधीशलाई लगाइएको महाभियोगलगायतका विषयमा नै छलफल हुनेछ।’
उनका अनुसार स्थानीय तहको निर्वाचन तोकिसकिएकाले त्यसको तयारीलगायतका विषयमा पनि छलफल हुनेछ। त्यसैगरी, पार्टीको संगठन निर्माण लगायतका विषय पनि बैठकमा अजेन्डाका रुपमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।