काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री देउवाले संसदीय दलको बैठक जारी हुँदै गर्दा सचेतक पुष्पा भुसालमार्फत सभामुख सापकोटालाई फोन गर्न लगाएका हुन्। देउवाले सभामुखलाई फोन गर्न आग्रह गरेपछि भुसालले सभामुख सापकोटालाई फोन गरिरन्।
एमसीसी टेबल गर्ने विषयमा कार्य व्यवस्था परामर्श समितिमा छलफल गराउने ध्येयमा कांग्रेस रहेको छ।
कांग्रेस तत्काल एमसीसी प्रतिनिधि सभामा तत्काल टेबल गर्ने पक्षमा छ।
कानुन मन्त्री दिलेन्द्र बडुले भोलि एमसीसी संसदमा टेबल हुन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।