काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा नेपाली कांग्रेसका नेता रामशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा सांसदहरुलाई जानकारी गराइरहेका छन्।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावबारे पनि छलफल हुने एक सांसदले बताए।
आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।