काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। नेकपा (एमाले)ले बहिस्कार गरेको बैठक चार घण्टासम्म चलेको थियो। बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको हो।
बैठकमा मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए। एमालेले गत भदौदेखि संसद् बैठक अवरोध गर्दै आएको छ।
छलफलका क्रममा एमसीसीको विषय पनि उठेको छ। 'यसमा पनि सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको छ। यसका कार्यव्यवस्थामा पनि छलफल हुनेछ', श्रेष्ठले भने।
उनले ४ गतेको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल हुने नहुने कुराको टुंगो भइ नसकेको बताए। 'यो छलफलकै तहमा छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।