काठमाडौं– शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाइने भएको छ। सोमबार कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक फुलकोर्ट बोलाउने निर्णय गरेको हो।
उक्त बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग, अदालत सञ्चालन र संवैधानिक इजलास नियमित गर्ने लगायतका विषयमा छलफल हुने बैठकमा सहभागी एक न्यायाधीशले बताए।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
महाभियोग प्रस्ताव दर्ता भएसँगै राणा स्वत: निलम्बित भएका छन् भने दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।