फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका नेता एवं सांसद भीम रावलले एमसीसीका बारेमा एमालेले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनले राष्ट्रिय स्वाधिनता एवम् हितको पक्षपोषण गर्दै एमालेले धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
सोमबार एमालेको संसदीय दलको बैठकमा लिखित मत राख्दै रावलले यस्तो माग गरेका हुन्। ‘यो विषय आमनेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेको छ,’ उनले भनेका छन्, ‘यस्तो विषयमा संसदीय दलमा कार्यसूची निर्धारण गरी गम्भीर छलफल गरियोस् भनी माग गर्दछु।’
उनले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुन विपरीत रहेको तथ्य स्पष्ट भइसकेको बताएका छन्।
नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का बीच भएको मूल सम्झौता (कम्प्याक्ट) र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्ययोजना कैयन प्रावधानहरु राष्ट्रहित विपरीत रहेको भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।