काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले निक्षेपमा उत्कृष्ट प्रतिफल दिने भन्दै ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।
न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता रहेको बैंकले जनाएको छ।
यो निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको ब्याजदरको फाइदा लिन सकिने बताइएको छ।
साथै, यस निक्षेप योजना अन्तर्गत योजना अवधिभित्र आफ्नो अनुकूलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाइने बैंकले जनाएको छ।
बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो। हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा दिँदै आइरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।