काठमाडौं– केएल टावर मल्टिपलक्पेक्सले हरेक वर्ष झैं यस वर्ष पनि ५० प्रतिशतसम्म छुट योजनासहित बिग सेल मेला आयोजना गरेको छ।
४० भन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड रहेको यस मलमा एफ क्यूब सिनेमा, पार्टी प्यालेस लगायत अन्य १० भन्दा बढी कर्पोरेट हाउसहरु रहेका छन्। यो सेल योजना फागुन २ गतेदेखि १५ गतेसम्म सञ्चालनमा रहनेछ।
जस अवधिभर इलि ब्राण्डका फोन खरिदमा एउटा किन्दा एउटा सित्तैमा, मलमा रहेका लत्ताकपडा, जुत्ता, घडी, चस्मा लगायत अन्य विविध सामाग्रीहरुमा न्यूनतम २५ देखि ५० प्रतिशतसम्म छुट योजनाहरु राखिएका छन्।
१५ दिनसम्म चल्ने यो योजनामा २००० भन्दा बढी फरक–फरक सामानहरु उपलब्ध हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।