काठमाडौं– नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दिने भएको छ। सोमबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले त्यसबारे जानकारी गराए।
'संसद्को अवरोध हाम्रा मागहरु पूरा नहुञ्जेल निरन्तरता दिन चाहन्छौँ', उनले भने।
एमालेले आफ्नो पार्टी विभाजन र त्यसमा सभामुख सहयोगी भएको आरोपसहित गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन ४ गते बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।