काठमाडौं- नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ। उसले त्यसलाई आवश्यक परेको ठाउँमा प्रयोग गर्ने पनि बताएको छ।
'सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं। आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ', सोमबार बसेको एमालेको संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गलत उद्देश्यका साथ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विरुद्ध महाभियोग प्रस्ताव आएको बताएका थिए। 'यसलाई हामीले प्रतिवाद गर्नुपर्छ। प्रतिवादचाहिँ आवश्यक गर्दा सडकबाट पनि गर्नुपर्छ। आवश्यक पर्दा न्यायालयबाट पनि गर्नुपर्छ। कानुनी क्षेत्रबाट पनि गर्नुपर्छ। र यसलाई हामी प्रतिवाद गर्छौं भन्ने मनशायका साथ पार्टी अध्यक्षले बोल्नुभएको छ', भट्टराईले भने।
भट्टराईले एमालेले 'काउन्टर महाभियोग प्रस्ताव' ल्याउने चर्चालाई भने पूर्वानुमान मात्रै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।