काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पर्सि मंगलबार पनि बस्ने भएको छ।
बैठकमा बोल्ने नेताहरूको पालो नसकिएकाले बैठक मंगलबार पनि बस्ने भएको हो। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गतेदेखि जारी छ।
आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारले आफ्ना धारणा राखेका थिए।
यस्तै, सदस्यहरू विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, एनपी साउँद र प्रवक्ता प्रकाशशरण महतले पनि आइतबारको बैठकमा धारणा राखेका थिए।
अब अर्को बैठक मंगलबार दिउँसो ३ बजे सानेपामा नै बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।