काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले अर्का नेता खगराज अधिकारीलाई पार्टी संगठन विभागको प्रमुखबाट हटाउन माग गरेका छन्।
पार्टी नेतृत्व (अध्यक्ष केपी शर्मा ओली)को ध्यानाकर्षण गराउँदै बस्नेतले अधिकारी संगठन विभाग चलाउन सक्ने व्यक्ति नभएको पनि बताएका छन्।
जनवर्गीय संगठन (युवा संघ)मा अनावश्यक 'हस्तक्षेप' गरेको भन्दै बस्नेतले अधिकारीको विरोध गरेका छन्।
'पार्टीको सचिवालयको बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सोसंग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो?' बस्नेतले अधिकारीलाई सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन्।
'छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईं (अधिकारी) संगठन बिभाग चलाउन सक्ने व्यक्ति होइन,' बस्नेतले भनेका छन्, ' तसर्थ क. खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।