काठमाडौं– सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट 'प्रधानन्यायाधीश' चोलेन्द्र शमशेर राणाको तस्बिर हटाएको छ।
सर्वोच्च अदालत प्रशासनले न्यायाधीशहरुको सूचिको अग्रभागमा हुने प्रधानन्यायाधीशको तस्बिर हटाएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको तस्बिर राखेको छ।
सत्तारुढ गठबन्धनका ३ दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)का ९८ जना सांसदले आइतबार राणाविरुद्ध संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव पेस गरेका थिए।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै राणा स्तव: निलम्बनमा परेका छन्। महाअभियोग प्रस्तावको टुंगो नलागेसम्म राणाले प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न पाउने छैनन्।
आइतबार बिहान झण्डावाल गाडीमा सर्वोच्च पुगेका राणा महाअभियोगको पत्र बुझेपछि झण्डावाल गाडी सर्वोच्चमै छाडेर बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।