काठमाडौं– सर्वाेच्च अदालतले राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे हो।
साथै, दुवै पक्षलाई छलफलका लागि फागुन ९ गतेका बोलाएकाे छ। उक्त अवधिसम्मका लागि उनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न भनिएकाे छ।
सरकारले क्षेत्रीकाे स्थानमा प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेकाे थियाे। त्यसविरुद्ध निवेदन लिएर क्षेत्री सर्वोच्च पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।