फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध परेको महाअभियोगसँग एमसीसीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी सदनमा टेबल गर्न राजी गराउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवा महाभियोग दर्ता गर्न तयार भएको बताइएको थियो।
नेता केसीले भने यी दुई विषयमा कुनै सम्बन्ध नरहेको प्रष्टाए। ‘एमसीसी र महाभियोग दर्तामा कुनै सम्बन्ध छैन’, केसीले पत्रकारसँग कांग्रेस केन्द्रीय कार्यालयमा भने, ‘सर्वोच्च अदालतले क्षति ब्यहोरिरहेको थियो। आन्तरिक द्वन्द्व अदालतभित्र थियो। कुनै न कुनै निष्कर्षमा पुग्न धेरै ढिलो भएको थियो।’
अकस्मात महाभियोग दर्ताका बारेमा भने नेता केसीले अनभिज्ञता प्रकट गरे। न्याय परिषद्मा आफ्नो भूमिका बढाउने राणाको चाहनाले मात्रै महाभियोग नआएको उनले प्रष्टाए।
‘संवैधानिकता अन्योल थियो। स्वतन्त्र न्यायालय महिनौंदेखि अस्तव्यस्त भएको थियो। निकास निकाल्न साह्रै ढिलो भएको थियो’, केसीले भने।
महाभियोग दर्ताका सन्दर्भमा पार्टीभित्र कुनै छलफल नगरि आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।