काठमाडौं– आफूविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएको पत्र बुझेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतबाट बाहिरिएका छन्।
संसद् सचिवालयले महाअभियोग दर्ता भएको जानकारी दिन पठाएको पत्र बुझेपछि राणा झण्डावाल गाडी समेत छाडेर अदालत परिसरबाट बाहिरिएका हुन्।
सर्वोच्च अदालत स्रोतका अनुसार आइतबार बिहान सुरक्षाकर्मीसहित झन्डावाला गाडीमा कार्यालय पुगेका राणा दिउँसो १ बजेपछि अर्कै गाडीमा बाहिरिएका हुन्।
सर्वोच्चबाट बाहिरिएका राणा बालुवाटारस्थित सरकारी निवास पुगेका जनाइएको छ।
महाअभियोग दर्ता भएपछि स्वत: निलम्बनमा परेका राणाले सरकारी निवास छाड्ने बारेपनि छलफल गरिरहेका उनी निकट स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।