काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।
आइतबार बेलुका भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्नेगरी सचिवालय बैठक आह्वान भएको ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले बताए।
बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसद् सचिवालयमा दर्ता भएको महाभियोग र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने बुझिएको छ।
एमालेले भोलि, सोमबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाएको छ। दलको बैठकअघि आज सचिवालय बैठक बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।