काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाभियोग प्रस्तावलाई कानुनमन्त्री दिलेन्द्र बडूले रुचिकर अवस्था नभएको बताएका छन्।
आइतबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने- 'प्रस्ताव पारित गर्ने सदनको विषय हो। त्यहाँ सांसदहरुले आफ्नो विवेक प्रयोग गर्छन्। अहिले संवैधानिक निकास मात्रै बाँकी रहेको सबैलाई थाहा छ। त्यसमा सबैले विवेक प्रयोग गर्छन्। यो रुचिकर अवस्था होइन।'
उनले जनताले न्याय पाउने र संविधानको रक्षक संस्थामाथि प्रश्न उठ्ने जुन अवस्था सिर्जना भइरहेको थियो, त्यसबाट बाँचेको बताए।
'न्यायपालिका स्वतन्त्र निकाय भए पनि शक्ति पृथकीकरणको सिद्धान्तले हामी जुन भूमिका खेल्न सक्थ्यौँ। त्यो गर्यौं। औपचारिक र अनौपचारिक रुपमा आग्रह गर्यौं। सार्वजनिक रुपमा आग्रह गर्यौं। यसप्रति अन्देखा भयो। त्यसको प्रभाव नपर्ने, अवरोध फुक्न नसक्ने अवस्थामा एउटा संवैधानिक निकास त खोज्नुपर्थ्यो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।