काठमाडौं– सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्ष एमालेले महाअभियोग प्रस्ताव अध्ययन गरेपछि मात्र यसबारे निर्णय लिने प्रतिक्रिया दिएको छ।
एमाले केन्द्रीय सदस्य एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा महान्यायाधिवक्ता रहेका रमेश बडालले पहिले प्रस्ताव अध्ययन गर्ने र त्यसपछि पार्टीमा छलफल गरिने बताए।
प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिए सर्वोच्चका अरु चार वरिष्ठ न्यायाधीशविरुद्ध पनि महाभियोग दर्ता गरिने चेतावनी एमालेले दिँदै आएको थियो।
अब एमालेले उनीहरुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्छ त भन्ने प्रश्नमा बडालले भने, ‘के गर्न उपयुक्त हुन्छ, हामी छलफलपछि परिपक्व निर्णय लिनेछौं।’ उनले महाभियोग प्रस्ताव अचानक आएको टिप्पणीसमेत गरे।
महाभियोग प्रस्थतावबारे पार्टीभित्र छलफल सुरु भएको शेरबहादुर तामाङले बताए। केही समयपछि पार्टीले न्यायाेचित निर्णय लिने उनको भनाइ छ। प्रतिपक्षसँग सल्लाह नै प्रस्ताव दर्ता भएकाले यसबारे पार्टीमा छलफल गरेरमात्र अघि बढ्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।