काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्।
३ जना प्रस्तावक र ९५ जना समर्थक रहेका छन्। हस्ताक्षर गर्नेमा पुष्पा भुसाल, जीवनराम श्रेष्ठ लगायतका सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।