काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ। बिहीबारदेखि जारी बैठकमा आज म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय लिने कार्यसूचीमाथि छलफल हुनेछ।
नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ लगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त छ। यसअघि नै बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरिसकेको छ।
आजको बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिसमेत गठन गर्ने जनाइएको छ। आजको बैटकमा समिति सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यसूचीसमेत रहेको छ।
शुक्रबारको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।