काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्।
जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रुपमा विकाससँग जोडिएको कारण विवाद गर्नुको कुनै तुक नरहेको बताए। उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए।
अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेका विवादहरुको विषयमा सरोकारवाला निकायले आफ्नोपक्षको कुरा राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएको बताए।
अर्को प्रसंगमा उनले आफ्नो पार्टीमा कुनै विवाद नरहेको दाबी गर्दै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताए। अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता हेरेर निर्णय लिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।