काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेका छन्।
विधानअनुसार सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ। १३ जना मनोनीत गरिसकेका देउवाले थप २० जनालाई मनोनीत गर्न लागेका हुन्।
समावेशिताको आधारमा छनोट हुने मनोनीत केन्द्रीय सदस्यमा १३ जना महिला थपिने छन्। ३३ जना मनोनीतसहित कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ।
केन्द्रीय समिति पूर्णता दिनेबारे देउवाले आफूपक्षीय मन्त्रीहरुसँगको छलफलमा जानकारी गराएका थिए। शनिबार बालुवाटार पुगेका उनीपक्षीय मन्त्रीहरुलाई देउवाले केन्द्रीय सदस्य पूर्णता दिन लागेको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।