काठमाडौं- सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको छ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच छलफल भइरहेको जानकारी दिए। बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
एमसीसी पास गर्न अमेरिकी सहायक विदेशमन्त्रीले टेलिफोन गरेर दबाब दिए पछि नेताहरु छलफलमा जुटेका हुन्।
एमसीसीका विषयमा गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा देउवाले प्रचण्ड र नेपालसँग छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।